×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मौसम : जम्मु–कस्मिरमा रहेको प्रणालीको आंशिक प्रभाव नेपालमा

मौसम : जम्मु–कस्मिरमा रहेको प्रणालीको आंशिक प्रभाव नेपालमा

काठमाडौँ- हाल जम्मु-कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले (बुधबार बिहान) लुम्बिनी, सुदुरपश्चिम प्रदेश तथा देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा बादल) रही तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ।

तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेकाले होसियारी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ: तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

मौसम महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रतिकृया दिनुहोस्