बाबुल गिरीको स्वर तथा संगीत रहेको गीतमा भीष्म राज पुलाराको शब्द रहेको गीत ‘यो सहरको डेरामा’ सार्वजनिक भएको छ ।। गीतमा प्रयोग भएका संवाद जनक राज खकुरेलले लेखेका हुन् ।
गीतमा सहरमा डेरा गरी बस्ने व्यक्तिको व्यथा प्रस्तुत गरिएको छ । गीतको भिडियो संगीत सागर मगरले निर्देशन गरेका छन् । गीत सम्पादन तथा छायांकन विश्वास भण्डारीले गरेका हुन् ।