दुर्घटनाग्रस्त यतिको विमानमा चालक दलसहित ७२ यात्रु सवार
माघ १, २०७९पोखरा- पोखरामा दुर्घटनामा भएको यति एयरलाइन्सको विमानमा ६८ यात्रु र चालक दलका सदस्यसहित ७२ यात्रु सवार रहेको पाइएको छ । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमानमा चालक दलका चार जनासहित ७२ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । ६८ यात्रुमध्ये तीन/तीन जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् ।
सबै पढ्नुहोस