एमालेसहितका दलसँग मिलेर सरकार बनाउने विकल्पमा माओवादी केन्द्र खुला
मङ्सिर १७, २०७९काठमाडौं - सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला रहेको स्पष्ट पारेको छ । शनिबार (आज) अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने प्रस्ट्याएको हो । सरकार गठनबारे विभिन्न विकल्पहरू खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए
सबै पढ्नुहोस