सशस्त्र प्रहरीका डीएसपी मृत भेटिए
फाल्गुण २१, २०८०विराटनगर - प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग,धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । पाल्पा स्थायी ठेगाना भएका बस्यालको परिवार भने काठमाडौँमा रहेको बुझिएको छ
सबै पढ्नुहोस