ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
मङ्सिर ६, २०७८काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको रु १२ अर्ब ४७ करोड तथा ३६४ दिन अवधिको रु ११ करोडको ट्रेजरी आज बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी फागुन १० गते, १८३ दिने ट्रेजरी २०७९ जेठ १० तथा ३६४ दिने ट्रेजरी २०७९ मङ्सिर ६ गते परिपक्व हुनेछ ।
सबै पढ्नुहोस