महागढीमाई नगरपालिकामा कांग्रेस विजयी
जेठ ८, २०७९बारा- बाराको महागढीमाई नगरपालिकामा कांग्रेस विजयी भएकाे छ । मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा तारादेवी कानु विजयी भएका हुन् । यादव ८ हजार ६ सय ७० सहित मेयरमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबुप्रसाद यादवले ७ हजार ३ सय ७६ मत ल्याए ।
सबै पढ्नुहोस