नागरिकता विधेयक प्रमाणीकरण गर्ने समयसीमा सकिँदै
असोज ४, २०७९काठमाडौं- नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको समयसीमा आज सकिने भएको छ। विधेयक प्रमाणीकरणका लागि आज १५ दिन भएको छ। संविधानअनुसार राष्ट्रपतिले आजसम्म नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ। सभामुख अग्निप्रसाद सापकोटाले गत भदौ २० गते नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाएका थिए।
सबै पढ्नुहोस