काठमाडौं - एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक तर्फको शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले नेपाल लाइफ इन्स्योरेन्सको ४७ हजार ५०६ र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको कित्ता ५० हजार कित्ता शेयर बिक्री गर्ने भएको हो । बैंकले इन्स्योरेन्सको प्रति कित्ता रु.४४३ र ट्रष्टको रु.१३४७ मूल्य तोकेको छ ।
शेयर सिलबन्दी बोलपत्र आवेदन आगामी बैशाख २४ गते भित्र दिन सकिने छ । कानुन बमोजिम योग्य लगानीकर्ताहरूले बोलपत्र आवेदन दिन सक्नेछन् ।
शेयर आवेदन काठमाडौंको हकमा कम्पनीको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली र काठमाडौं बाहिर विराटनगर, वीरगंज, पोखरा, बुटवल,सुर्खेत र धनगढीबाट पनि भर्न सकिने छ ।
बोलकबोल प्रकृया मार्फत सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको हकमा शेयर खरिदका लागी वित्तीय संस्था र बीमा कम्पनीले मात्र खरिद गर्न सक्ने छन् ।
यस्तै नेशनल लाइफ इन्स्योरेन्सको हकमा शेयर खरिद योग्य लगानीकर्ताले गर्न सक्ने छन् ।