घरबाटै पक्राउ परे दुर्गा प्रसाईं,आजै अदालत लगियो
असोज ६, २०८१काठमाडौं - बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाई भक्तपुरको ठिमीस्थित घरबाट पक्राउ परेका छन् । गत असोज २ गते विद्युतीय कसुरसम्बन्धी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी उनको घरमा पुगेको हो । उनलाई काठमाडौंस्थित साइबर ब्यूरो र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो ।
सबै पढ्नुहोस