कपनमा चक्कु हानेर महिलाको हत्या, चक्कु हान्ने अज्ञात
बैशाख ७, २०८०काठमाडौं - चक्कु प्रहार गरेर कपनमा ३५ वर्षिया महिलाको हत्या भएको छ। काठमाडौँको कपनको सरस्वतीनगरमा चक्कु हानेर बागलुङ बडिगाड गाउँपालिकाकी निरा आचार्यको हत्या भएको हो। बिहीबार अपराह्न साढे ३ बजे घाँटी र शरीरका अन्य भागमा चक्कु हानेर गम्भीर घाइते भएको अवस्थामा उनी फेला परेकी थिइन्। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ
सबै पढ्नुहोस